नियम
केन्द्रीय समितिको बैठक र निर्णय

६. केन्द्रीय समितिको बैठक र निर्णय

(१) केन्द्रीय समितिको बैठक आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) केन्द्रीय समितिको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगावै केन्द्रीय समितिको सदस्य–सचिवले बैठकमा छलफल हुने विषयहरूको सूचीसहितको सूचना सवै सदस्यहरूलाई दिनु पर्नेछ ।
(३) केन्द्रीय समितिको कूल सदस्य संख्याको कम्तीमा पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) केन्द्रीय समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले र निजको अनुपस्थितिमा समितिका उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले गर्नेछ ।
(५) केन्द्रीय समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(६) केन्द्रीय समितिले आवश्यकता अनुसार नेपाल सरकारको कुनै कर्मचारी, पदाधिकारी वा अन्य कुनै व्यक्तिलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(७) केन्द्रीय समितिको निर्णय केन्द्रीय समितिको सदस्य–सचिवद्घारा प्रमाणित गरिनेछ ।
(८) केन्द्रीय समितिको बैठक सम्बन्धी अन्य कार्यविधि केन्द्रीय समिति आपैmले निर्धारण गरे बमोजिम हुनेछ ।